नेटवर्किङ धन्दाको पर्दाफास, करोडौं ठगीको आरोपमा आठ जना पक्राउ
सुर्खेत । बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालक तथा कर्मचारी गरी आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्काई ड्रिम ईन्टरपेनर्स प्रालिका सञ्चालक डोटीको सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा, व्यवस्थापक तथा कर्मचारीहरू दार्चुला महाकाली नगरपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछाम कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रबिन्द्र शाही रहेका छन् ।
त्यस्तै, प्रहरीले कर्मचारीहरू कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–२ की २२ वर्षीया मनिषा सिंह, कञ्चनपुर बेल्डाडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका–६ की २२ वर्षीया सुनिता साउँद र डोटी बडिकेदार गाउँपालिका–४ की २२ वर्षीया कमला चिमालालाई पनि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, वीरेन्द्रनगर नगरपालिका –३, मुलपानी चोकमा कार्यालय स्थापना गरी उक्त गिरोहले विभिन्न जिल्लाका युवायुवतीलाई ठगीको सिकार बनाएको हो ।
प्रहरीका अनुसार, कम्पनीले वार्षिक २० हजार रुपैयाँ तिरेपछि सीप सिकाउने, खाना बस्नको व्यवस्था मिलाउने र आकर्षक तलबसहितको रोजगारी दिने भन्दै प्रलोभन देखाउने गरेको थियो ।
सदस्य बनेपछि उनीहरूलाई नेटवर्किङ मार्केटिङमा संलग्न गराई नयाँ सदस्य भित्र्याउन लगाइन्थ्यो । पीडितहरूका अनुसार यसरी नयाँ सदस्य बनाएबापत प्रति व्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म जम्मा गर्न लगाइएको थियो ।
यसरी स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिले पीडितहरूबाट करोडौं रकम ठगी गरेको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको बुढथापाले बताए ।ग्लोबल ओरियन्स नेपाल नामक कम्पनी नेटवर्किङ व्यवसायको नाममा देशका अन्य भागमा पनि विवादमा परेको देखिन्छ ।
यसअघि पोखरा, बर्दिया र टीकापुर लगायतका स्थानमा पनि यस कम्पनीले आकर्षक तलबको लोभ देखाएर युवाहरूलाई ठगी गरेको आरोपमा प्रहरीले कारबाही चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण