माओवादीभित्र गुटबन्दी गर्नेलाई अब कारबाही हुन्छ : प्रवक्ता सापकोटा
सोमबार, १९ साउन २०८२, १५ : ४६
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीभित्र गुटबन्दी गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न स्थायी समिति बैठकले सबै खाले स्वार्थ समूह, गुट उपगुटको विघटन गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘पार्टी रूपान्तरणको महाअभियानमा छ । पार्टीमा सबै स्वार्थ समूह, गुट/उपगुट विघटन गर्ने निर्णय भएको छ । कोही निर्णय विपरीत जान्छ भने कारबाहीको दायरमा ल्याउने भनिएको छ । त्यसका लागि अनुगमन समिति बनाउन निर्णय भएको छ । कार्यालयले केन्द्रीय समिति, केन्द्रीय समितिले क्षेत्रीय समिति र क्षेत्रीय समितिले तलका समितिको अनुगमन गर्छ । अब साँच्चै विधि, प्रक्रियामा चल्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण