शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

गायक प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा कोचको रूपमा पुनः फर्किए

आइतबार, २५ साउन २०८२, २१ : ३१
आइतबार, २५ साउन २०८२

काठमाडौँ । गायक प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’मा कोचको रुपमा पुन: फर्किएका छन् । गायक खरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ का लागि निर्णायक(कोच) को रुपमा पुन: फर्किएको जानकारी दिएका हुन् ।  

व्यक्तिगत कारणले आफूले विश्राम लिएको बताउँदै गायक खरेलले फेसबुकमा लेखेका छन्,'हजुरको माया साथ र आशीर्वाद ले फेरि उही जिम्मेवारीमा फर्केको छु । र सिजन ७  मा आबद्ध हुनेछु।'

खरेलसहित गायिका मेलिना राई र खेम सेन्चुरी गरी तीन जना कोचको टुङ्गो लागे पनि अर्का एक जना कोचको टुङ्गो लाग्न बाँकी छ । 

‘द भ्वाइस अफ नेपाल’ सिजन ७ एक महिना भित्रमै सुरु हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप