सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह
शनिबार, १३ असार २०८३, १८ : ४९
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका संरचना निर्माण नगर्न स्थानीयले आग्रह गरेका छन् ।
प्रदेश सरकारका विभिन्न निकायले आर्थिक वर्षको अन्त्यमा राष्ट्रिय शहीद तथा शान्ति पार्क र निजामती स्मारक निर्माणाधीन वन क्षेत्रमा एकाएक धेरै सिमेन्टका संरचना निर्माण गर्न थालेपछि स्थानीयले त्यसको विरोध गर्दै निर्माण रोक्न आग्रह गरेका हुन् ।
गोकर्णेश्वर नगरपालिकाले पनि उद्यान क्षेत्रमा सिमेन्टका संरचना जथाभावी निर्माण नगर्न पत्राचार गरेको थियो ।
मन्त्रिपरिषद्ले २०६४ जेठ ११ गते गोकर्णमा राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । हाल शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत यो पार्क निर्माणाधीन छ ।
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
-
रास्वपाले संघीयता मास्न लागेको भन्दै आन्दोलनको तयारीमा जुटे मधेसकेन्द्रित नेताहरू
-
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण