त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
सारांश
- त्रिभुवन विश्वविद्यालयले पीएचडी सुपरभाइजरका लागि नयाँ र कडा योग्यतासहितको निर्देशिका जारी गरेको छ ।
- नयाँ नियमानुसार त्रिविमा पीएचडी सुपरभाइजर हुन विद्यावारिधि उपाधि प्राप्त स्थायी शिक्षक हुनुपर्नेछ र कम्तीमा ५ वटा अनुसन्धानात्मक लेखहरू सूचीकृत वा स्टार रेटेड जर्नलमा प्रकाशित भएको हुनुपर्नेछ ।
- एक जना सुपरभाइजरले प्राध्यापकले बढीमा ५ जना, सहप्राध्यापकले ४ जना र सहायक प्राध्यापकले बढीमा ३ जना पीएचडी विद्यार्थीलाई मात्र सुपरभिजन गर्न पाउनेछन् ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) निर्देशिका जारी गर्दै सुपरभाइजरका लागि नयाँ र कडा योग्यता निर्धारण गरेको छ ।
नयाँ नियमानुसार त्रिविमा पीएचडी सुपरभाइजर हुन विद्यावारिधि उपाधि प्राप्त स्थायी शिक्षक हुनुपर्नेछ ।
निर्देशिकामा उल्लेख भएअनुसार सम्बन्धित केन्द्रीय विभाग, आङ्गिक क्याम्पस वा स्कुलहरूमा प्राध्यापक, सहप्राध्यापक वा सहायक प्राध्यापकका रूपमा कार्यरत र सुपरभिजन सुरु गर्नुभन्दा कम्तीमा तीन वर्षअघि नै पीएचडी उपाधि हासिल गरिसकेका शिक्षण संकायका सदस्यहरू मात्र यसका लागि योग्य हुनेछन् ।
सुपरभाइजरका लागि प्राज्ञिक अनुसन्धान र कार्यअनुभवलाई विशेष जोड दिइएको छ । नयाँ व्यवस्था अनुसार सुपरभाइजरका कम्तीमा ५ वटा अनुसन्धानात्मक लेखहरू सूचीकृत वा स्टार रेटेड जर्नलमा प्रकाशित भएको हुनुपर्नेछ ।
राष्ट्रिय भाषा र संस्कृतिका विषयहरूमा न्यूनतम मापदण्ड तोक्ने अधिकार भने सम्बन्धित डीन कार्यालयको फ्याकल्टी बोर्डलाई दिइएको छ । साथै, त्रिवि वा त्रिविबाट मान्यता प्राप्त अन्य विश्वविद्यालय, संस्थान वा अनुसन्धान केन्द्रहरूमा कम्तीमा ५ वर्ष प्राध्यापन वा अनुसन्धान गरेको अनुभव हुनुपर्ने प्रावधान छ ।
एक जना सुपरभाइजरले एक पटकमा कति जना विद्यार्थीलाई मार्गदर्शन गराउन पाउने भन्ने सङ्ख्या पनि निर्धारण गरिएको छ । जसअनुसार, प्राध्यापकले बढीमा ५ जना, सहप्राध्यापकले ४ जना र सहायक प्राध्यापकले बढीमा ३ जना पीएचडी विद्यार्थीलाई मात्र सुपरभिजन गर्न पाउनेछन् ।
संयुक्त उपाधि कार्यक्रमका लागि अन्य विश्वविद्यालय वा अनुसन्धान केन्द्रहरूसँगको समझदारी पत्र बमोजिम सुपरभाइजर स्वीकार गर्न सकिने भए पनि त्रिविका सुपरभाइजर नै 'मुख्य सुपरभाइजर' रहनेछन् । यस्तो अवस्थामा विद्यार्थीले त्रिविकै नियम र अनुशासन पूर्ण रूपमा पालना गर्नुपर्ने स्पष्ट पारिएको छ ।
नयाँ मापदण्ड लागु हुनुअघि नै निर्देशन गरिरहेका तर तोकिएको योग्यता नपुगेका सुपरभाइजरहरूलाई भने आफ्ना पुराना विद्यार्थीहरूको जिम्मेवारीलाई निरन्तरता दिन पाउने सुविधा दिइएको छ ।
_x5a8RIwh7I.jpg)
_MfoBHCLOFw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण