एम्बोस्ड नम्बर प्लेट जडान नगर्न यातायात व्यवसायी महासङ्घको आग्रह
सारांश
- नेपाल यातायात व्यवसायी महासंघले देशभरका यातायात व्यवसायीलाई एम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ।
- महासंघले सरकारको एम्बोस्ड प्लेट अनिवार्य गर्ने निर्णयको विरोध गर्दै आवश्यक पूर्वाधारको अभाव रहेको जनाएको छ।
- महासंघले व्यवसायीहरूलाई पुरानै नम्बर प्लेटमा कर तिर्ने र एम्बोस्डका लागि छुट्टै राजस्व तिर्नुपर्ने व्यवस्था अव्यवहारिक भएको बताएको छ।
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यातायात व्यवसायीहरूलाई तत्काल एम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ। महासङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सरकारले आवश्यक भौतिक पूर्वाधार र प्रविधिको विकास नगरी एकतर्फी रूपमा एम्बोस्ड प्लेट अनिवार्य गर्ने निर्णय गरेको भन्दै महासङ्घले त्यसको विरोध गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत साउनमा सूचना प्रकाशित गरी असोज १ गतेदेखि सबै सवारीसाधनमा एम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनमा लैजान थालेपछि महासङ्घले त्यसको विरोध गरेको हो।
‘देशभरि रहेका यातायात व्यवस्था कार्यालयहरूमा एम्बोस्ड नम्बर लगाउने प्रविधिको विकास भएको छैन,‘ महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भौतिक पूर्वाधार बिना राजश्व असुली गर्ने कार्य न्यायोचित नभएकोले तत्काल जारी गरिएको सूचनालाई पुनर्मूल्यांकन गरी आवश्यक सुधार गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्दछौँ।’
महासङ्घले वर्तमान अवस्थामा व्यवसायीहरूले पुरानै नम्बर प्लेटमा कर तिर्ने र कागजपत्र नवीकरण गर्ने तथा एम्बोस्ड नम्बरका लागि छुट्टै राजस्व मात्र तिर्नुपर्ने व्यवस्था अव्यवहारिक भएको तर्क गरेको छ।
सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने तर कार्यान्वयनका लागि पूर्वाधार तयार नभएको अवस्थामा जबरजस्ती गर्नु न्यायसङ्गत नहुने विज्ञप्तिमा उल्लेख छ । महासङ्घले यथास्थितिमा एम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णयको विरोध गर्न र प्लेट जडान नगर्न देशभरका व्यवसायीहरूलाई अपिल समेत गरेको छ।
यसअघि पनि सरकारले एम्बोस्ड प्लेट अनिवार्य गर्न खोज्दा चौतर्फी विरोध भएपछि उक्त कार्य स्थगित भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण