शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

‘कुलिङ अफ पिरियड’ छेडखानीमा जिम्मेवार देखिएका खतिवडा पुगे संसदीय सुनुवाइ समिति

शुक्रबार, १३ भदौ २०८२, १६ : ११
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका छन् र उनी संसदीय सुनुवाइ समितिमा पुगेका छन्।
  • संसदीय सुनुवाइ समितिमा खतिवडालाई पठाउने प्रस्ताव शुक्रबारको बैठकमा सर्वसम्मतिले स्वीकृत भएको थियो।
  • खतिवडाले 'कुलिङ अफ पिरियड' सम्बन्धी व्यवस्थामा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राजीनामा दिएका थिए।

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त) मा पुगेका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । 

संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्वाचित भएपछि रिक्त रहेको सदस्यमा खतिवडालाई ल्याउने सिफारिस कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले गरेका थिए ।

बिहीबार सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रतिनिधित्व गर्ने पाँच ठुला राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकमा घिमिरेले उक्त प्रस्ताव गरेका थिए ।

खतिवडाले गत साउन २८ गते सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी भएको घटनामा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप