शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय टी–२० शृङ्खला : मलेसियाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

शनिबार, १८ असोज २०८२, १० : ५९
शनिबार, १८ असोज २०८२

सारांश

  • नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै टी-२० शृङ्खलामा जित हासिल गर्यो।
  • मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा पूरा गर्यो, जसमा पूजा महतोले ३९ रन बनाइन्।
  • पहिलो खेलमा पराजित भए पनि, नेपालले दोस्रो खेल जित्दै शृङ्खला १-१ को बराबरीमा ल्यायो।

काठमाडौँ । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको छ । यससँगै पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।

आज भएको खेलमा सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा पूजा महतोले ३९ र कप्तान इन्दु बर्माले २७ रन जोडिन्।

मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिमले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा ९१ रन बनाएको थियो। मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि समु विष्टले दुई र कविता कुँवरले एक विकेट लिइन् ।

बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप