आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

विराट जंग शाहीद्वारा एन्फा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

आइतबार, १४ मङ्सिर २०८२, २० : १८
आइतबार, १४ मङ्सिर २०८२

काठमाडौँ । विराट जंग शाहीले अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रिय टिममा रहेका पूर्वखेलाडी शाहीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली फुटबलको दूरवस्था अन्त्य गरी यसको गरिमा फर्काउन आफूले उम्मेदवारी दिएको बताएका छन् । 

शाहीले नेपाली फुटबल भ्रष्टाचार, अनियमितता र कुशासनले गर्दा गम्भीर मोडमा पुगेको उनले दाबी गरेका छन् । खेलाडी, प्रशिक्षक र रेफ्रीहरू अवसरको अभावमा विदेश पलायन हुन बाध्य भएका र घरेलु लिगको संरचना अस्तव्यस्त रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । 

पूर्वखेलाडी शाहीले आफू चुप लागेर बस्न नसकेको उल्लेख गर्दै नेपाली फुटबललाई इतिहासको पानामा सीमित हुनबाट रोक्न र सुशासन स्थापनाका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिएको प्रस्ट्याए । आफ्नो मुख्य उद्देश्य नेपालको जितबाहेक अरू कुनै स्वार्थ नभएको र अध्यक्षका रूपमा नेपाली फुटबललाई जिताउन सबै सरोकारवालाहरूलाई एकजुट बनाउने रहेको उनले बताएका छन् । 

शाहीले आफ्नो नेतृत्वमा पूर्ण इमानदारी र समर्पणका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सबै सरोकारवालाहरूलाई एकजुट गर्दै नेपाली फुटबलको विकास र विस्तारमा समर्पित हुने र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली फुटबलको गुमेको गौरवलाई पुनः स्थापित गर्ने लक्ष्य राखेको बताए । 

एन्फाको आगामी कार्यकालको लागि असारमा निर्वाचन हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप