एसीसी पुरुष यु–१९ प्रिमियर कप
यूएईसँग पराजित हुँदै नेपाली यू–१९ टोली उपविजेतामा सीमित
सोमबार, १५ मङ्सिर २०८२, १७ : ०९
काठमाडौँ । एसीसी पुरुष यु–१९ प्रिमियर कपको फाइनलमा यूएईसँग २७ रनले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले १४८ रनको लक्ष्य पाएको थियो । नेपालले ३३.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै जम्मा १२० रनमात्र बनाउन सक्यो ।
नेपालका लागि अशोक धामीले सर्वाधिक ३४ रनको योगदान गरे । आशिष लुहारले २५ र रोशन विश्वकर्माले २५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
यूएईका लागि युग जय शर्मा, अली असगर शुम्सले तीन–तीन विकेट लिए भने नूर उल्लाह अयोबीले दुई र उद्दिश सुरीले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण