आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

चितवन राइनोजको फुड पार्टनर बन्यो मुस्ताङ राइस

सोमबार, १५ मङ्सिर २०८२, १८ : ५५
सोमबार, १५ मङ्सिर २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल०को फ्रेन्चाईज टिम चितवन राइनोजले मुस्ताङ राइसलाई आधिकारिक फुड पार्टनरको रुपमा जोडेको छ ।

चितवन राइनोज बागमती प्रदेशको चितवन सहरलाई प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिगमा सहभागी छ । चितवनबाट उत्पादन हुँदै आएको मुस्ताङ राइस नेपालको प्रिमियम राइसको रुपमा स्थापित ब्रान्ड हो । 

चितवन राइनोजका चेयरमेन आयुष न्यौपानेले मुस्ताङ राइससँगको सहकार्यले टिमको योजना र लक्ष्यमा उत्साह थप्ने बताए । मुस्ताङ राइसका निर्देशक किरण न्यौपानेले चितवनको गौरव बढाउने टिमसँग जोडिन पाउनु गर्वको विषय रहेको बताए । 

चितवन राइनोज नेपाल प्रिमियर लिगको दोस्रो सिजनको लिग तालिकामा चौथौ स्थानमा छ । चितवनले चार खेलमा दुईमा जित, दुईमा हारसहित चार अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप