रौतहटमा विद्युत् सर्ट भएर फुसको घरमा आगलागी
सारांश
- रौतहटको माधोपुरमा विद्युत् सर्ट हुँदा भोजेन्द्र राय यादवको घरमा आगलागी भएको थियो।
- आगलागीबाट घरभित्र रहेको अन्न, गरगहना, र नगद सहित करिब ८ लाख रुपैयाँको क्षति भएको अनुमान छ।
- प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक फुसको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
शुक्रवार राति करिब ११ः५० बजे सतनारायण यादवका ४० वर्षीय छोरा भोजेन्द्र राय यादवको खरको छानो भएको फुसको घरमा घरभित्रकै विद्युत् तार सर्ट भई आगो लागेको हो।
आगलागीबाट घरभित्र रहेको धान, गहुँ, गरगहना, फर्निचर, लत्ताकपडा तथा नगद १ लाख ५० हजार रुपैयाँसहित करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालले बताएका छन्।
घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीको भनाइ छ।आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी माधोपुरबाट खटिएको टोली तथा स्थानीय बासिन्दाको सहयोगमा करिब १२ः५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण