रौतहटमा भएको दुर्घटना एकको मृत्यु
सारांश
- रौतहटको चन्द्रपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ र एक जना घाइते भएका छन्।
- शनिबार साँझ मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
- घाइतेको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने फरार ट्याक्टर चालकको खोजी भइरहेको छ।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चन्द्रपुर–गौर सडकखण्डको बालचनपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
शनिबार साँझ करिब ७:३० बजे गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक गढीमाई नगरपालिका–४ सुन्दरपुरका करिब ५० वर्षीय प्रमोद साह कानु गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
यस्तै, मोटरसाइकलको पछाडि सवार सोही स्थानका ६५ वर्षीय जोगेन्द्र हजरा पासवानको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै वीरगञ्जस्थित न्युरो अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रूपा लाबुङले जानकारी दिइन् ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भए पनि प्रहरीले घटनास्थल र आसपासबाट शंकास्पद दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इन्स्पेक्टर दिनेश थापाको नेतृत्वमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट टोली घटनास्थल खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण