आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

८ महिनापछि घण्टीघर पुगे रवि लामिछाने, अर्यालले गरे स्वागत

आइतबार, ०६ पुस २०८२, १६ : ३८
आइतबार, ०६ पुस २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पार्टी केन्द्रीय कार्यालय वनस्थली पुगेका छन् । 

सहकारी ठगी प्रकरणमा मुछिएका उनी ८ महिनापछि आइतबार पार्टी कार्यालय(घण्टीघर) पुगेका हुन् । उनलाई कार्यवाहक सभापति डोलप्रसाद अर्यालले स्वागत गरेका छन् । नख्खु कारागारमा रहेका उनी शुक्रबारमात्रै धरौटीमा रिहा भएका थिए । 

पार्टी कार्यालय पुगेर समर्थकलाई सम्बोधन गर्दै सभापति लामिछानेले जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप