रवि र छविले रुपन्देही जिल्ला अदालतमा तारेख लिए
मङ्गलबार, ०८ पुस २०८२, १९ : २१
बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला अदालत रुपन्देहीमा तारेख लिएका छन् ।
चितवन हुँदै रुपन्देही आएका लामिछानेले आज साँझ अबेरतिर अदालतबाट तारेख बुझेको हुन् । जिल्ला अदालत रुपन्देहीका चलिरहेको सहकारीको रकम ठगीसम्बन्धी मुद्दामा लामिछानेसँगै पूर्वडीआइजी छविलाल जोशीले पनि तारेख बुझेका जिल्ला अदालत रुपन्देहीका तहसिलदार कृष्णप्रसाद पौडेलले रातोपाटीलाई बताए ।
उनले भने, 'उक्त मुद्दामा दुवै जनाले आज साँझ अबेरतिर तारेख बुझ्नुभएको छ ।'
उच्च अदालत तुलसीपुरको आदेशबाट धरौटीमा छाड्ने आदेश दिएपछि हालै लामिछाने र जोशी कारागारबाट छुटेका थिए, उक्त मुद्दाको तारेख माघ १८ गते तोकिएको छ । यसअघि आजै लामिछानेले चितवन अदालतमा पनि तारेख बुझेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण