फागुन २१ को महासङ्ग्राम: समानुपातिकमा सुदूरपश्चिमका ३६ अनुहार, कसको पल्ला भारी ?
सारांश
- आगामी निर्वाचनमा सुदूरपश्चिमबाट चार दलले समानुपातिकतर्फ ३६ जनाको नाम बन्दसूचीमा राखेका छन्।
- नेपाली कांग्रेसले सबैभन्दा बढी ११ जना उम्मेदवारलाई बन्दसूचीमा राखेको छ, जसले समावेशी प्रतिनिधित्वलाई जोड दिएको छ।
- एमाले, नेकपा र रास्वपाले पनि सुदूरपश्चिमबाट उम्मेदवारहरू छनोट गरेका छन्, तर भौगोलिक प्रतिनिधित्वमा केही कमी देखिएको छ।
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रमुख चार राजनीतिक दलले समानुपातिकतर्फ सुदूरपश्चिमबाट जम्मा ३६ जनाको नाम बन्दसूचीमा सामेल गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बन्दसूचीमा सुदूरपश्चिमबाट ३६ जनाले मौका पाएका छन् ।
नेपाली कांग्रेसले प्रदेशका ९ वटै जिल्लालाई समेटेर ११ जना उम्मेदवारलाई बन्दसूचीमा राखेको छ । यो संख्यात्मक र भौगोलिक दुवै हिसाबले अन्य दलको तुलनामा बढी हो ।
नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्ट पार्टीले समानुपातिक तथा समावेशी सिद्धान्त अनुसार सधैँ सबै नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन गर्दै आएको बताउँछन् । सोही अनुसार यो पटक पार्टीले प्रदेशका सबै जिल्ला समेटेर समानुपातिक उम्मेदवारको नाम बन्दसूचीमा राखेको उनको भनाइ छ ।
उनले सुदूरपश्चिमकी चेली तथा नेपालको पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानीको पालादेखि नै कांग्रेसले समावेशी चरित्र देखाउँदै आएको स्मरण गराए ।
‘हाम्रो पार्टीमा हिजो पनि समावेशी अभ्यास थियो र आज पनि छ । द्वारिका देवीजस्ता व्यक्तित्वलाई मन्त्री बनाएर कांग्रेसले उहिल्यै समावेशीताको जग बसालेको हो,’ भट्टले भने । उनले आफ्नो पार्टीले तराईको जनघनत्वदेखि हिमालको भूगोलसम्मलाई न्याय गर्ने प्रयास गरेको बताए ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमबाट समान १०–१० जनालाई समानुपातिक सूचीमा राखेका छन् । यद्यपि, भौगोलिक प्रतिनिधित्वको सवालमा यी दुवै दल कांग्रेसभन्दा केही संकुचित देखिएका छन् ।
कांग्रेसको बन्दसूचीमा कैलालीका पुराना नेता यज्ञनिधि कोइराला र थारु समुदायको प्रतिनिधित्व गर्दै रिता चौधरी छन् । यस्तै, कञ्चनपुरबाट कल्पना केसी र तौला राना समेटिएका छन् । पहाडी जिल्लातर्फ पनि कांग्रेसले सन्तुलन मिलाएको देखिन्छ । दार्चुलाबाट करवीर कार्की, बैतडीबाट दीपेन्द्र बम, बझाङबाट सुन्दर स्नेही र बाजुराबाट विद्या तिमिल्सिनालाई समानुपातिकतर्फ समेटिएको छ । यस्तै, डोटीका प्रसिस महरा र डडेल्धुराबाट दलित समुदायको प्रतिनिधित्व गर्ने हरिना कामीलाई समानुपातिकतर्फ समेटिएको छ ।
एमाले र नेकपाको उस्तै अभ्यास
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमबाट समान १०–१० जनालाई समानुपातिक सूचीमा राखेका छन् । यद्यपि, भौगोलिक प्रतिनिधित्वको सवालमा यी दुवै दल कांग्रेसभन्दा केही संकुचित देखिएका छन् । प्रदेशका ९ जिल्लामध्ये यी दुवै दलले ५–५ वटा जिल्लामा मात्र आफ्नो ध्यान केन्द्रित गरेको देखिन्छ, जसले उनीहरू ‘पकड क्षेत्र’मा मात्र केन्द्रित रहेको प्रस्ट हुन्छ ।
एमालेको बन्दसूचीमा कैलाली जिल्लाबाट धेरै उम्मेदवार छन् । कैलालीबाट लीला भण्डारी, हरिशङ्कर योगी, इच्छा चौधरी र सावित्रा घिमिरे गरी चार जना छन् । यसबाट एमालेले तराईको भोट बैंकलाई सुरक्षित गर्न खोजेको धेरैको बुझाई छ ।
वैकल्पिक भनिएको राजनीतिक शक्तिले सुदूरपश्चिमबाट थोरै प्रतिनिधित्व गराएको भन्दै आलोचना भइरहँदा पार्टीले यसलाई सच्याउने आश्वासन दिएको छ । रास्वपाका सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशीका अनुसार बन्दसूची केही परिमार्जन गर्ने प्रयास जारी छ ।
यस्तै, कञ्चनपुरबाट निरुदेवी पाल र कृपाराम राना, बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह, अछामबाट बमबहादुर बिसी, दार्चुलाबाट जयेन्द्रसिंह ऐतवाल एमालेको बन्दसूचीमा छन् । एमालेले बैतडी, डोटी, बाजुरा र डडेल्धुराजस्ता जिल्लाबाट समानुपातिक उम्मेदवार राखेको छैन ।
नेपाली कम्युनिस्ट पार्टीले पनि कैलाली र कञ्चनपुरलाई नै मुख्य आधार बनाएको छ । यी दुई जिल्लाबाट सो पार्टीले समानुपातिकतर्फ ३–३ जनाको नाम समेटेको छ । नेकपाले कैलालीबाट प्रेम बयक, कमला ज्ञवाली र गणेश विकलाई समानुपातिक उम्मेदवार बनाएको छ । यस्तै कञ्चनपुरबाट रामअवतार राना थारु, वीरबहादुर बुढाथोकी र निराशा चौधरीलाई उम्मेदवारका रूपमा अघि सारिएको छ ।
पहाडतर्फ अछामबाट निर्मला साउद र भीमबहादुर भण्डारी, डोटीबाट अञ्जीता श्रेष्ठ र बाजुराबाट विनिता विक समेटिए पनि बैतडी, दार्चुला, डडेल्धुरा र बझाङजस्ता जिल्लाबाट समानुपातिक उम्मेदवार राखिएको छैन ।
रास्वपाको उपस्थिति र नयाँ समीकरण
वैकल्पिक राजनीतिको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमबाट ५ जनालाई सूचीमा समेटेको छ । उम्मेदवारहरूको ठेगाना स्पष्ट नभएको विषयले सुरुमा केही अन्योल सिर्जना गरे पनि सो पार्टीको प्रदेश नेतृत्वका अनुसार कञ्चनपुरबाट प्रतिभा रावल, गीता चौधरी, अछामबाट टीका संग्रौला तथा कैलालीबाट अनुपकुमार उपाध्याय, करिस्मा कठरियाको समानुपातिक सूचीमा छ ।
वैकल्पिक भनिएको राजनीतिक शक्तिले सुदूरपश्चिमबाट थोरै प्रतिनिधित्व गराएको भन्दै आलोचना भइरहँदा पार्टीले यसलाई सच्याउने आश्वासन दिएको छ । रास्वपाका सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशीका अनुसार बन्दसूची केही परिमार्जन गर्ने प्रयास जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण