आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

देश लुट्नेहरूलाई विधि र प्रक्रियाको दायरामा ल्याउन रास्वपाले खुट्टा कमाउँदैन : रवि लामिछाने

बिहीबार, २४ पुस २०८२, २१ : १५
बिहीबार, २४ पुस २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामर्थ्य पुर्‍याएर देश लुट्नेहरूलाई विधि र प्रक्रियाको दायरामा ल्याउन रास्वपाले खुट्टा नकमाउने बताएका छन् । 

बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले यस्ताे बताएका हुन् । उनले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसद्‌बाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताए। 

उनले अहिले चुनावको विकल्प चुनाव नै रहेको भन्दै बन्द कोठामा बसेर निर्वाचन बिथोल्ने प्रयास नगर्न समेत चेतावनी दिए ।

बेथितिको अध्यायलाई अन्त्य गर्ने सबैभन्दा उत्तम माध्यम आगामी निर्वाचन नै भएको उनले बताए । 

उनले रास्वपाका नेता कार्यकर्ताहरू जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको समेत धारणा राखे । लामिछानेले व्यक्तिगत स्वार्थभन्दा माथि देश र जनताको स्वार्थलाई राखेर उम्मेदवार छनोट गर्ने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप