मनोज बाजपेयीको फिल्म 'घूसखोर पण्डित' विवादमा, प्रदर्शन रोक्न माग गर्दै अदालतमा मुद्दा
सारांश
- मनोज बाजपेयीको फिल्म 'घूसखोर पण्डित' शीर्षकका कारण विवादमा, रिलिजअघि नै मुद्दा दायर।
- फिल्मको शीर्षकले ब्राह्मण समुदायको अपमान गरेको भन्दै परिवर्तनको माग, अधिवक्ता विनीत जिन्दलको याचिका दायर।
- याचिकामा साम्प्रदायिक सद्भाव बिग्रन सक्ने र धारा १४, २१ र २५ को उल्लङ्घन भएको जिकिर।
मुम्बई । बलिउड अभिनेता मनोज बाजपेयीको आगामी फिल्म ‘घूसखोर पण्डित’ प्रदर्शनमा नआउँदै विवादमा फसेको छ । नेटफ्लिक्समा रिलिज हुने तयारीमा रहेको यस फिल्मको शीर्षकलाई लिएर दिल्ली उच्च अदालतमा मुद्दा परेको छ । फिल्मको नामले ब्राह्मण समुदायको अपमान गरेको भन्दै उक्त शीर्षक परिवर्तन गर्न वा प्रदर्शनमा रोक लगाउन माग गर्दै अदालतमा याचिका दायर भएको छ ।
अधिवक्ता एवं सामाजिक अभियन्ता विनीत जिन्दलले दायर गरेको याचिकामा फिल्मको शीर्षक र प्रचार सामग्रीले ‘पण्डित’ शब्दलाई जानाजानी भ्रष्टाचार र घूसखोरीसँग जोडेको आरोप लगाइएको छ । उनले फिल्मको विषयवस्तु साम्प्रदायिक रूपमा आपत्तिजनक र मानहानिपूर्ण रहेको दाबी गरेका छन् । यसबाट ब्राह्मण समुदायको गरिमा र प्रतिष्ठामा गम्भीर आघात पुग्ने भनिएको छ ।
याचिकामा केन्द्र सरकारलाई पनि मुख्य पक्ष बनाइएको छ। डिजिटल प्लेटफर्महरूलाई नियन्त्रण गर्ने र सामाजिक सद्भाव बिगार्ने खालका सामग्रीको प्रसारण रोक्नु सरकारको दायित्व भएको उल्लेख गरिएको छ । याचिकाकर्ताले अदालतसँग फिल्मको रिलिजमा तत्काल हस्तक्षेप गर्न माग गरेका छन् । फिल्म प्रदर्शन भएमा समाजमा साम्प्रदायिक सद्भाव तथा सार्वजनिक व्यवस्था बिग्रन सक्ने आशंका व्यक्त गरिएको छ ।
अधिवक्ता जिन्दलका अनुसार, फिल्मले एउटा विशिष्ट धार्मिक र सामाजिक समूहलाई लक्षित गरेर भारतीय संविधानको धारा १४, २१ र २५ को उल्लङ्घन गरेको छ।
याचिकामा भनिएको छ, ‘सिर्जनात्मक स्वतन्त्रताको नाममा कुनै पनि धार्मिक समूहविरुद्ध गलत धारणा फैलाउने वा साम्प्रदायिक निन्दा गर्ने छुट दिन सकिँदैन ।’
विवादले फिल्मको प्रदर्शनलाई लिएर अन्योल सिर्जना गरेको छ । फिल्म निर्माण पक्ष र नेटफ्लिक्सले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण