शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न राप्रपाको माग, गृहमन्त्रीलाई भेटेरै बुझायो ध्यानाकर्षण पत्र

मङ्गलबार, ०५ फागुन २०८२, १८ : ०९
मङ्गलबार, ०५ फागुन २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार राप्रपा उपाध्यक्ष रोशन कार्की नेतृत्वको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रसाईँको रिहाइको माग गरेको हो ।

राप्रपाका नेता निरञ्जन थापाका अनुसार मौलिक अधिकारको प्रयोग गरिरहेका व्यक्तिलाई पटक–पटक पक्राउ गर्नु लोकतान्त्रिक अभ्यास विपरीत रहेको भन्दै राप्रपाले विरोध जनाएको छ । निर्वाचनको पूर्वसन्ध्यामा यसरी पक्राउ गरिँदा निर्वाचनकै निष्पक्षता र वातावरणमा समेत असर पर्ने राप्रपाको ठहर छ। भेटका क्रममा राप्रपा नेताहरूले प्रसाईँलाई थुनामा राखेर सरकारले दमनकारी नीति लिएको भन्दै तत्काल रिहा गर्न दबाब दिएका छन् ।

यता, राप्रपा नेताहरूसँगको छलफलमा गृहमन्त्री अर्यालले भने प्रसाईँको पक्राउ सरकारको चाहना नभई निर्वाचन आयोगको पत्रका आधारमा भएको प्रष्टीकरण दिएका छन्। निर्वाचन आचारसंहिता उल्लङ्घन वा अन्य प्राविधिक कारण देखाउँदै आयोगले लेखेको पत्र अनुसार नै प्रहरीले उनलाई नियन्त्रणमा लिएको गृहमन्त्रीको भनाइ छ । 

प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरूले पनि विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप