रौतहट–२ का नेकपा उम्मेदवार किरण साहले गरे पार्टी छोड्ने घोषणा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी रौतहट–२ का उम्मेदवार किरण कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जेनजी आन्दोलनपछि विषम परिस्थितिमा भएको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेकाले पार्टी त्याग गरेको घोषणा गरेको उनले बताएका छन् ।
बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत उनले पार्टीका प्रतिनिधिको रूपमा खटिएका व्यक्तिहरूलाई पनि फिर्ता बोलाएका छन् ।
‘जेनजी आन्दोलनपछि विषम परिस्थितिमा यो निर्वाचन भइरहेको छ । तर बहुसंख्यक हिन्दु भएको क्षेत्रमा आफूले चुनाव जित्ने स्थिति हुँदाहुँदै सरकार, पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपालको निरिहताका कारण म पार्टी छोड्ने घोषण गर्छु’, उनले भनेका छन् ।
धाँधली भएको स्थानमा पुन: मतदान नगरेसम्म मतगणनामा सहभागी नहुने पनि उनले बताएका छन् ।
उनी २०७९ मा त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्दै निर्वाचन जितेका थिए । निर्वाचन जितेपछि भने एमाले प्रवेश गरे । फेरि एमाले छोडेर निर्वाचनका बेला नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण