राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन
निर्वाचनले बहुमत असम्भव भन्ने भाष्य गलत साबित गर्याे : प्रधानमन्त्री
बिहीबार, १२ चैत २०८२, २० : २८
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरिन्।
- उनले निर्वाचनमार्फत परिवर्तनको पक्षमा नागरिकले जनादेश दिएको बताइन्।
- नयाँ सरकारले सुशासन, रोजगारी सिर्जना र आर्थिक विकासमा काम गर्ने विश्वास व्यक्त गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् ।
बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।
सम्बोधनका क्रममा उनले निर्वाचन मार्फत परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको बताइन् ।
वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई गलत साबित गरिदिएको बताइन् । युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षा बमोजिम सुशासन,रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य,आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी काम गर्ने विश्वास लिएको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण