आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

असन्तुष्टसँग छलफल गर्ने जिम्मा सभापति थापालाई

बुधबार, ०२ वैशाख २०८३, १८ : ५७
बुधबार, ०२ वैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र असन्तुष्ट नेताहरूसँग संवाद गर्ने जिम्मेवारी पार्टी सभापति गगन कुमार थापालाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीभित्रको असन्तुष्ट पक्षसँग छलफल गर्ने जिम्मेवारी सभापति थापालाई दिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । प्रवक्ता चालिसेले पार्टी अहिले पन्ध्रौं महाधिवेशनको तयारीमा रहेकाले महाधिवेशन गराउनेगरी असन्तुष्ट रहेका सबै पक्षसँग छलफल गर्ने जिम्मेवारी सभापति थापालाई दिइएको बताए ।

‘जो जिम्मेवारीमा छ, जो संस्थापन हो उसैको जिम्मेवारी हो । त्यसकारण पार्टीका सभापतिलाई हाम्रा पूराना अग्रज नेता, पुराना पदाधिकारीसँग संवाद गर्ने र पन्ध्रौं महाधिवेशन समयमै सम्पन्न गर्न र त्यसको समन्वय गर्न पार्टी सभापति गगन कुमार थापाजीलाई जिम्मेवारी दिएका छौँ,’ प्रवक्ता चालिसेले बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप