दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु
महाराष्ट्र । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढले पछि तीन बालबालिका सहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।
मङ्गलबार साँझ महाराष्ट्रको साङ्गली जिल्लामा यो घटना भएको प्रहरीले बताएको छ । स्थानीय धार्मिक पर्वको अवसरमा मन्दिर भ्रमण तथा तिर्थ यात्रामा रहेका करिब ३५० जना भक्तहरू प्रकोपका काराण पीडित भएको जनाइएको छ ।
तेज हावासहित भएको भारी वर्षा सुरु भए पछि उनीहरू ज्यान बचाउन निर्माणाधीन संरचना भित्र शरण लिएको जनाइएको छ । तीव्र हावाको काराण उक्त संरचनाको टिनको छाना र पर्खाल तिनीहरूमाथि खस्दा दुर्घटा हुनु पुगेको जनाइएको छ ।
उद्धार टोलीले छ जनाको शवको बरामद गरेको र घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा लगिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्धार कार्य सम्पन्न भई सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण