कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
काठमाडौँ। कलाकार लुकाएर छायांकन सकेको फिल्म हो ‘बाः एक योद्धा’ ।
पोस्ट प्रोडक्सन रहेको फिल्मले अहिले मुख्य भूमिकामा रहेका ४ कलाकार सार्वजनिक गरेको छ ।
निर्माण युनिटले सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम कलाकारका रूपमा सार्वजनिक गरेको हो । फिल्ममा झरना थापा, सुहाना थापा र दिव्यदेव पन्तको पनि मुख्य भूमिका छ । सागर खनाल फिल्म ‘११ः५५ तथा शिशिर सिवाकोटी ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’ चर्चामा आएका कलाकार हुन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म भदौ १९ गतेबाट प्रदर्शनमा आउँदै छ । नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्सालले यसै फिल्मबाट निर्देशकका रूपमा डेब्यु गरेका छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर ‘कर्मा’ निर्माण गरेका थिए । फिल्मले नेपाली समाजको परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू कथाका रूपमा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण