पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
बिहीबार, २१ जेठ २०८३, २० : ४१
पोखरा । उच्च अदालत पोखराले पृथ्वीचोकको बसपार्क क्षेत्रमा रहेका घरहरू नभत्काउन अल्पकालीन आदेश दिएको छ। बसपार्क क्षेत्रकी स्थानीय युगनेदेवी श्रेष्ठ पालिखेले जिल्ला प्रशासन कार्यालय कास्की समेतलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् ।
श्रेष्ठले बसपार्कको कित्ता नम्बर ४६ मा रहेको घर र अन्य भौतिक संरचना नभत्काउन रिट दिएकी हुन् । बिहीबार न्यायाधीश तेज नारायण सिंह राईको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उक्त संरचना यथास्थितिमा राख्न आदेश दिएको हो ।
अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ । महानगरले २५ गते डोजर चलाउने आन्तरिक तयारी गरेको थियो।
उनको उत्प्रेषण परमादेश रिटमाथि बिहीबार सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षबिच छलफल आवश्यक देखिएकाले जेठ २६ गतेका लागि पेसी तोकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण