मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

पश्चिम एसिया युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट

मङ्गलबार, १६ असार २०८३, ११ : ३०
मङ्गलबार, १६ असार २०८३

काठमाडौँ । मध्य पूर्व युद्धविराम पछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ ।

श्रीखङ्काको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ ।

अमेरिका र इरानले आफुहरुबीच द्वन्द्व अन्त्य गर्न वार्ता गर्ने सहमती भए पछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलङ्कामा पनि उर्जाको मूल्यमा कटौती गरिएको जनाइएको छ ।

गत फेब्रुअरी –२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो ।

द्वन्द्वको समयमा उच्च आयात र लागत बीच सन्तुलन कायम गर्न श्रीलङ्कामा बिजुलीको शुल्क पनि एक तिहाइले वृद्धि गरिएको अधिकारीहरूले बताएका थिए ।

श्रीलङ्काले आवाश्यक सबै तेल खरीद गर्ने र बिजुली उत्पादनका लागि आयातित कोइलामा पनि निर्भर रहने अवस्था रहेकाले मध्य पूर्वमा जारी लामो द्वन्द्वले कमजोर आर्थिक अवस्थालाई प्रभावित पार्न सक्ने चेतावनी दिइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप