त्रिभुवन विश्वविद्यालयमा मूल्य शिक्षाको पठन पाठन हुने
काठमाडौं– नेपालमा मूल्य शिक्षाको पठन पाठन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय तथा भारतको माउण्ट आबु स्थित प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विद्यालयको राजयोग एजुकेशन एण्ड रिसर्च फाउण्डेसनबीच मूल्य शिक्षाको पठन पाठन गराउने सहमति भएको हो ।
सहमतिअनुसार त्रिभुवन विश्वविद्यालय अन्तरगतका संकायहरुमा मूल्य शिक्षाको पठनपाठन गराइने छ । सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनिया र ब्रम्हकुमारी संस्थाको तर्फबाट आरई एण्ड आरएफ शिक्षा प्रभागका अध्यक्ष राजयोगी डा. मृत्युन्जयका बीच हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारी पत्रमा त्तिविविका शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठी, रजिष्ट्रार डिल्लीराम उप्रेती, अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख प्रा. डा. भूपप्रसाद तथा ब्रम्हाकुमारी संस्थाका नेपालका निर्देशक राजयोगिनी ब्रम्हाकुमारी राजरानी, मूल्य शिक्षा विभागका निर्देशक डा. पाण्डियामनी र शिक्षा प्रभागका राष्ट्रिय संयोजक तीलक बहादुर शाहकिो समेत हस्ताक्षर रहेको छ ।
यस समझदारीबाट मुलुकको पाको तथा विश्वकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने र विश्वभरीका एक हजार विश्वविद्यालय मध्येमा चुनिएको त्रिभुवन विश्वविद्यालय र अन्तरगतका संकायहरुमा मूल्य शिक्षाको पठन पाठन गर्ने ढोका खुलेको छ ।
नेपालमा मूल्य शिक्षाको आवश्यकताबारे विगत लामो समयदेखि छलफल हुँदै आएपनि यसको सुरुवात त्रिविले गर्ने भएको छ । एक जिम्मेवार नागरिक बन्नको लागि मूल्य शिक्षालाई उपयोगि मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार