बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मन्दिरमा फोहर खोज्दै नेपाली सेना

शुक्रबार, २७ साउन २०७४, १६ : ४४
शुक्रबार, २७ साउन २०७४

तुलसीपुर । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तुलसीपुर ८ दुधेनामा रहेको कृष्णमन्दिर परिसर सरसफाई गरेको छ । कृष्णजनमाष्टमीको पूर्वसन्ध्यामा करिब २२ कठ्ठा क्षेत्रफल रहेको मन्दिर परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासीको सहयोगमा सरसफाई गरिएको कृष्णमन्दिर व्यवस्थापन समितिका सचिव जितबहादुर खड्काले जानकारी दिए । 

‘मन्दिरको गेट देखि भित्र सम्म साह्रै फोहर रहेछ ’– नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका जर्नेल तथा प्रखुम विनोद पाण्डेले भने – ‘जथाभावी फालीएका ढुङ्गा, इट्टालाई पनि एकत्रित  गर्नुका साथै मन्दिर वरपर पलाएको दूबो र घाँससमेत काटेर सफा बनायौं ।’ 

सरसफाई अभियानमा नेपाली सेनाका को तर्फबाट एक सय ३० जना, सशस्त्रबाट १८ र स्थानीय २० जना सहित एक सय ६८ जनाको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप