फुटबल टोली मलेसिया प्रस्थान
काठमाडौं-नेपाली राष्ट्रिय पुरुष फुटबल टोली मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँग मैत्रीपूर्ण फुटबल खेल्न शुक्रबार मलेसिया प्रस्थान गरेको छ । सन् २०२२ को विश्वकप छनोट तयारीका लागि नेपालले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले बिदाई गरे ।
नेपालले जोहारसँग सोमबार उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको यसअघि नै घोषणा गरिसकेको छ । नेपाली टोलीको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा नियमित कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्द अटाएका छैनन् । कप्तान बिराजको फिटनेसको समस्याका कारण टोलीमा नअटाएका हुन् ।
विश्वकप २०२२ अन्तर्गत एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेर्इं रहेका छन् । नेपालले कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुवात गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न, ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण