सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
सारांश
- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राजदूत नियुक्तिका लागि प्रधानमन्त्रीलाई एसएमएस गर्ने सचिव कृष्णहरि पुष्करको कदमको आलोचना गरेका छन् ।
- सचिव पुष्करले अवकाशमा जानुअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्रीलाई सिधै एसएमएस गरी मार्गदर्शन मागेका थिए ।
- यस प्रकरणपछि सचिव पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानेको छ ।
काठमाडौँ । राजदूत नियुक्तिका लागि पदीय मर्यादा मिचेर प्रधानमन्त्रीलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करको कदमप्रति प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले व्यङ्ग्य प्रहार गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर छ भने यसो दिनुस् न ।’ आफ्नो पदको गरिमा बिर्सेर व्यक्तिगत स्वार्थका लागि अनुचित बाटो रोज्ने उच्चपदस्थ कर्मचारीको प्रवृत्तिलाई कटाक्ष गर्दै प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

यो घटनाको पृष्ठभूमि गत बिहीबारबाट सुरु भएको हो । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आगामी असार २४ गते अनिवार्य अवकाशमा जानुअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई सिधै एसएमएस गरेका थिए । म्यासेजमा उनले ‘आफू अवकाशमा जान लागेको र राजदूत पदमा नियुक्ति गरिदिए आभारी हुने’ उल्लेख गर्दै दरखास्त फारम भर्ने विषयमा मार्गदर्शन समेत मागेका थिए । ‘चेन अफ कमान्ड’ मिचेर प्रधानमन्त्रीलाई यस्तो सन्देश पठाएपछि प्रधानमन्त्रीको सचिवालयले उनलाई पक्राउ गरी केरकार गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो क्रममा सचिव पुष्करलाई जरुरी पक्राउ पुर्जी समेत दिइएको थियो ।
यसै प्रकरणमा सरकारले सचिव पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त (जगेडा) समूहमा तानेको छ । शुक्रबार प्रधानमन्त्री शाहकै निर्देशनमा उनलाई जिम्मेवारीविहीन बनाउँदै जगेडामा राखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण