ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
सारांश
- नेपालले एसिया कप पुरुष छनोटको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।
- ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
- नेपाली बलर करण केसीले ३ विकेट लिए भने लोकेश बमले सर्वाधिक ४४ रन बनाए ।
सिंगापुर । एसिया कप पुरुष छनोटको पहिलो सेमिफाइनलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित हात पारेको छ । ओमानले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ९.२ ओभरमा पछ्याएको हो ।
नेपालको जितमा लोकेश बमले सर्वाधिक ४४ रनको योगदान दिए । उनले मात्र २६ बलमा ७ चौका र १ छक्का प्रहार गरे । पूर्वकप्तान रोहित पौडेलले २० बलमा २१ रन जोडे । उनले २ चौका प्रहार गरे ।
प्रतियोगितमा लयमा रहेका ओपनर कुशल भुर्तेलले नेपाललाई विस्फोटक सुरुवात दिलाएका थिए । उनले मात्र ८ बलमा ३ चौका र १ छक्काको मद्दतले २० रन बनाए । अर्का ओपनर आसिफ शेख भने १ रन बनाउँदै पभेलियन फर्किएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरुसामु निरीह बनेको थियो । टोलीले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र जोड्न सक्यो ।
ओमानका लागि कप्तान सुफयान महमुदले सर्वाधिक ३८ रन को योगदान दिए । जुबेर अल बालुसीले २२ रन तथा अब्दुल जालिलले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो रनको आँकडा छुन सकेनन् ।
ओमानलाई सस्तोमा समेट्न करनले केसीले ४ ओभर बलिङ गर्दै १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट हात पारे । सहाब आलम, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको नाममा १-१ विकेट रह्यो ।
अब नेपालले फाइनलमा हङकङ र मलेसियाबिचको विजेतासँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण