पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
सारांश
- पोखराको माझको डाँडामा दिउँसै चोरी गरिरहेको अवस्थामा काभ्रेका राजन तामाङ पक्राउ परेका छन्।
- स्थानीयले कोही नभएको मौका छोपी धनबहादुर खड्काको घरमा कोठाको ताल्चा फोडेर चोरी गरिरहेका तामाङलाई रङ्गेहात फेला पारेका थिए।
- प्रहरीले फलामको औजारसहित तामाङलाई नियन्त्रणमा लिई चोरी तथा डाँका उद्योग सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ।
कास्की । पोखरा महानगरपालिका वडा नम्बर २६ माझको डाँडामा दिउँसै चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्। स्थानीय धन बहादुर खड्काको घरमा कोही नभएको मौका छोपेर चोरी गरिरहेका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का ३६ वर्षीय राजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
गत शुक्रबार बिहान साढे ११ बजेको समयमा खड्काको घरमा कोही थिएनन्। सोही अवसरको फाइदा उठाउँदै तामाङले घरको मूल ढोका र भित्रका कोठाहरूको ताल्चा फोडेका थिए। कोठाभित्र रहेको दराज समेत तोडफोड गरी धनमाल चोरी गरिरहेको अवस्थामा स्थानीय बासिन्दाले चाल पाएका थिए। स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेपछि तामाङ त्यहाँबाट भाग्न खोजेका थिए।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय कास्की मातहतमा रहेको इलाका प्रहरी कार्यालय शिशुवाको प्रहरी टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो। प्रहरीले भाग्दै गरेका तामाङलाई ताल्चा तोडफोड गर्न प्रयोग गरिने फलामको औजारसहित नियन्त्रणमा लिन सफल भएको हो।
कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेका तामाङ विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएर चोरी तथा डाँका उद्योग सम्बन्धी कसूरमा अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण