जडीबुटीमा गोली चल्यो
सारांश
- काठमाडौँको जडिबुटीमा प्रहरीले एक लुटेरालाई पक्राउ गर्न गोली चलाएको छ ।
- प्रहरीसँगको झडपमा गणेश कार्कीको बायाँ खुट्टामा गोली लागेको छ ।
- जवाफी कारबाहीका क्रममा एक प्रहरी कर्मचारी पनि घाइते भएका छन् ।
काठमाडौँ । काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएको छ । जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर एक जना लुटेरालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की छन् ।
उनको बायाँ खुट्टामा गोली लागेको छ । जडीबुटीमा प्रहरीसँग मुठभेट हुँदा जवाफी कारबाही गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘जवाफी कारबाहीका क्रममा हाम्रो एक जना प्रहरी कर्मचारी पनि घाइते भएका छन् ।’
लुटपाटमा संलग्न कार्कीलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ । प्रहरी कर्मचारीको कान्तिपुर अस्पतालमा उपचार हुँदैछ ।
शनिबार दिउँसो सुकेधारामा कार्की र अर्का युवकले एक जना महिलालाई आँखामा खुर्सानीको धुलो छर्केर सिक्री लुटेर भागेका थिए । उनलाई खोज्ने क्रममा जडीबुटीमा जम्काभेट भएको प्रहरीले दावी गरेको छ । लुटपाटमा संलग्न अर्का आरोपी विष्णु गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
गोली प्रहारबाट घाइते भएका कार्की जेनजी आन्दोलन हुँदा भदौ २४ मा केन्द्रीय कारागारबाट भागेका थिए । उनी डाँकाचोरी मुद्दामा जेल परेका थिए । केही समय अघि उनले कपनमा प्रहरीलाई समेत खुर्सानीको धुलो छर्केर फरार भएको प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण