सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
सारांश
- सिराहा प्रशासनले परीक्षाको क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेपछि संयुक्त विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ ।
- संयुक्त विद्यार्थी संगठनले विद्यार्थीलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै जेठ २५ गते सिराहा जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
- प्रशासनले परीक्षाको मर्यादा कायम राख्न र दुरुपयोग रोक्न उपकरण नष्ट गरिएको दाबी गरे पनि अभिभावक र कानुन व्यवसायीहरूले यसलाई कानुनी अराजकता भनेका छन् ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिराहाले परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । गत चैतमा सम्पन्न एसइई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका ती उपकरणहरूलाई प्रशासनले हालै काम नलाग्ने गरी नष्ट गरेको हो । जफत गरिएका सामग्रीहरूमा ७ थान आईफोन, ४८९ थान विभिन्न कम्पनीका एन्ड्रोइड फोन र ५ थान स्मार्ट घडी रहेका थिए, जसको अनुमानित बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।

प्रशासनको यो कदमलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला संयुक्त विद्यार्थी संगठनले कडा विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । संगठनले ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य मागसहित आगामी जेठ २५ गते सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिराहामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो । विद्यार्थीको सम्पत्तिमाथि दमन गरिएको र विना कुनै कानुनी आधार करोडौँको सम्पत्ति नष्ट गरिएको भन्दै विद्यार्थी संगठनहरूले न्याय र उचित क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालयले भने परीक्षाको मर्यादा कायम राख्न र जफत गरिएका उपकरणहरू पुनः दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नष्ट गरिएको दाबी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा गठित पाँच सदस्यीय उपसमितिको निर्णयबमोजिम ती मोबाइलहरूलाई २४ घण्टा पानीमा डुबाएर र फुटाएर पूर्ण रूपमा नष्ट गरिएको हो । प्रशासनले कानुनतः लिलामी गर्न सकिने विकल्प हुँदाहुँदै पनि सुरक्षा र गोपनीयताको कारण देखाउँदै ती उपकरणहरू नष्ट गर्ने विवादास्पद बाटो रोजेको थियो ।
यता अभिभावक र कानुन व्यवसायीहरूले भने प्रशासनको यस निर्णयलाई ‘कानुनी अराजकता’ को संज्ञा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण