भन्सार छलीका सामान बरामद
सारांश
- रुपन्देही प्रहरीले भन्सार छलीका सामान, माछा र कुखुरा बरामद गर्यो ।
- करिब तीन लाख ४७ हजार बराबरको सामान बरामद भएको प्रहरीले जनायो ।
- मोटरसाइकल र कुखुरासहित २५ किलो माछा पनि बरामद गरियो ।
लुम्बिनी । रुपन्देही प्रहरीले शनिबार जिल्लाका विभिन्न क्षेत्रबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरेका सामान, माछा र कुखुरा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा करिब रु तीन लाख ४७ हजार बराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए । बरामद सामान पशु क्वारेनटाइन कार्यालय बेलहिया तथा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ ।
प्रहरीले जिल्लाको रुपन्देही मायादेवी गाउँपालिका–४ स्थित मोतिपुरबाट करिब रु एक लाख २८ हजार बराबरको लु२१प ६४६८ र लु२८प १३७० नम्बरको मोटरसाइकलसहित ब्रोइलर कुखुरा, कोटहीमाई गाउँपालिका–३ स्थित त्रिलोकपुरबाट करिब रु ५७ हजार ५०० बराबरको लु७प ८००१ नम्बरको मोटरसाइकलसहित २५ किलो माछा बरामद गरेको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण