रास्वपा ताप्लेजुङकाे सभापतिमा गुरुङ निर्वाचित
आइतबार, २४ जेठ २०८३, १० : ५५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको प्रथम जिल्ला अधिवेशनबाट राजनकुमार गुरुङ सर्वसम्मतिमा सभापति चयन भएका छन् ।
- उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिएका छन् ।
- नवनिर्वाचित नेतृत्वले जिल्लामा सङ्गठन विस्तार, सुदृढीकरण तथा सुशासनका एजेण्डालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन भएका छन् । गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मतिमा चयन भएका हुन् ।
पार्टी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिएका छन् ।
अधिवेशनले सात जना सदस्य पनि सर्वसम्मतिमा चुनेको छ । उहाँहरू कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा रहेका छन् ।
नवनिर्वाचित नेतृत्वले जिल्लामा सङ्गठन विस्तार, सुदृढीकरण तथा सुशासनका एजेण्डालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य मिङ्मा शेर्पाले शनिबार अपराह्न अधिवेशन उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुधबारकाे केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण