राइड सेयरिङ गर्ने दुई पाङ्ग्रेलाई अब कालो नम्बर प्लेट, वार्षिक कर पनि तोकियो
शनिबार, १६ जेठ २०८३, २१ : १४
१
काठमाडौँ । रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने भएका छन् । सरकारले ल्याएको नयाँ आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो ।
यसपटकदेखि दुई पाङ्ग्रे सवारी साधनलाई समेत भाडाको सवारी साधनका रूपमा दर्ता गर्ने व्यवस्था गरिएको छ । यसरी दर्ता हुने सवारी साधनको कालो नम्बर प्लेट दिने व्यवस्था यातायात ऐन २०४९ मा छ ।
यसरी दर्ता हुने दुइपाङ्ग्रे सवारी साधनले वार्षिक आयाकर तिर्नुपर्ने व्यवस्था समेत गरिएको छ । अहिले यो कर ३ हजार रुपैयाँ तोकिएको छ ।
हालसम्म रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले नै राइड सेयरिङ सेवा दिइरहेका छन् । सरकारको यो नियमसँगै अब यस्ता राइड सेयरहरू कालो नम्बर प्लेटमा दर्ता हुनुपर्ने भएको छ ।
त्यस्तै, सरकारले राइड सेयरिङबापत प्राप्त हुने प्रत्येक कारोबारमा ५ प्रतिशत करसमेत लाग्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण