रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको सभापतिमा अविनाश बस्नेत निर्वाचित भएका छन् ।
- सभापति पदमा बस्नेतले १८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
- उपसभापतिमा रामचन्द्र अधिकारी, सचिवमा लालप्रसाद देवकोटा र सह-सचिवमा दिनेशप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको सभापतिमा अविनाश बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार सभापति पदमा बस्नेतले १८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक) ले ८८ मत प्राप्त गरे भने कर्णबहादुर कार्कीले ४ मत प्राप्त गरे ।
उपसभापतिमा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सागर खत्रीले ९२ मत तथा दिलीपजंग थापाले ६६ मत प्राप्त गरे । सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १८६ मतसहित विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास)ले ७१ मत प्राप्त गरेका थिए । सह–सचिव पदमा दिनेशप्रसाद सापकोटा (मोटु) १३० मतसहित निर्वाचित भए भने उनको निकटतम प्रतिस्पर्धी रमेश खत्रीले ११६ मत प्राप्त गरे ।
खुला सदस्यमा दिवस पहाडी तथा दलित सदस्यमा कुमार रसाइली निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण