नेपाललाई ७–० ले हराउँदै भारत च्याम्पियन
शनिबार, १४ भदौ २०७६, १८ : ०५
काठमाडौं–आयोजक भारत पाँचौ साफ यू–१५ फुटबल च्याम्पियनसिपमा च्याम्पियन बनेको छ । भारतको कल्याणीमा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलले हराउँदै उपाधि जितेको हो ।
यससँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधिबाट बन्चित बन्यो । भारतले तेस्रो पटक उपाधि जित्न सफल भयो ।
यसअघि भारत सन् २०१३ र २०१७ मा उपाधि जितेको थियो । भारतको जितमा सिद्वार्थले ह्याट्रिक पुरा गरे । महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह, हिमांश जंग्राले एक÷एक गोल गरे । नेपाल लिग चरणको पहिलो खेलमा पनि भारतसँग ५–० गोलले पराजित भएको थियो । फाइनलमा नेपालको प्रदर्शन झनै कमजोर बन्यो ।
च्याम्पियनसिपमा नेपाल र भारतसँगै बंगलादेश, श्रीलंका र भुटानले भाग लिएका थिए । लिग चरणको दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० र तेस्रो खेलमा साबिक विजेता बंगलादेशलाई ४–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न, ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण