शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले पाउने भए सवा एक अर्ब बोनस

बिहीबार, ०२ असोज २०७६, १६ : ४६
बिहीबार, ०२ असोज २०७६

नागरिक उड्डयन  प्राधिकरणले आफ्ना कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस दिने भएको छ ।

 प्राधिकरणले आफ्ना कर्मचारीलाई सात आर्थिक वर्षको बोनस एकैपटक दिन लागेको हो । कम्पनीले २०६८/६९ लेदि गत वर्ष २०७४/०७५ सम्मको नाफाबाट आफ्ना कर्मचारीलाई बोनस दिने जनाएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट सो बोनस स्वीकृत भइसकेको र अन्तिम स्विकृतिका लागि अर्थमन्त्रालय पठाइएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले नेपाल सरकालाई भुक्तानी गर्नुपर्ने लाभांश भने ३५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप