मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको मतदान हुने (वैशाख १५) गतेका दिन १५ प्रकारका सवारी साधन चल्न दिने भएको छ ।
आयोगको शुक्रबार बसेको बैठकले इलाम २ प्रतिनिधिसभा सदस्य र बझाङ १ (१) प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि मतदाता ओसारपसार गर्ने बाहेकका सवारी साधन चल्ने व्यवस्था मिलाउन मतदान हुने जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।
आयोगका अनुसार बिरामी बोकेका एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारी, दमकल, दूरसञ्चार सेवाका लागि प्रयोग हुने सवारी, शव बाहान, स्वास्थ्यकर्मीका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र बाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन निर्बाध चल्न पाउने भएका छन् ।
त्यसैगरी तरकारी, फलफूल विद्युत् सेवाका लागि प्रयोग हुने सवारी,कूटनीतिक नियोग, विदेशी पर्यटक र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन पनि चल्ने व्यवस्था गर्न आयोगले निर्देशन दिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण