अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
शुक्रबार, १४ वैशाख २०८१, १६ : ११
काठमाडौँ । अभिनेता जीवन गिरी विवाह बन्धनमा बाँधिएका छन् । उनले मोडल सकी इटानीसँग शुक्रबार लगनगाँठो कसेका हुन् ।
जीवन र सकीको विवाह समारोह चाबहिल आनन्द मार्गस्थित सूर्य इभेन्टमा जारी छ । परम्परागत शैलीमा आयोजित विवाहमा उनका साथीभाइ, आफन्त लगायत सहभागी छन् ।
काभ्रेका जीवन र चितवन निवासी सकीले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । यी दुवैको भेट अभिनय सिलसिलामा भएको थियो । दुवैको अभिनय रहेको पछिल्लो म्युजिक भिडियो ‘जीवन साथी’ हो । जुन केही महिना अगाडि सार्वजनिक भएको थियो ।
फिल्म ‘एउटा साथी’ बाट अभिनय डेब्यु गरेका जीवनले केही फिल्म, विज्ञापन चलचित्र र थुप्रै म्युजिक भिडियो अभिनय गरेका छन् । सकीले पनि आधा दर्जन बढी भिडियो अभिनय गरेकी छन् ।
विवाहको रिसेप्सन पार्टी १५ शनिबार जीवनको निजी निवास काभ्रेमा आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण