शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

४८ घण्टाभित्र धार्मिक अभियन्ताहरु रिहा नभए देश ठप्प पार्ने चेतावनी

शनिबार, ०४ असोज २०७६, १८ : ४७
शनिबार, ०४ असोज २०७६

काठमाडौं – विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहा नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
 
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रुपमा विरोध गर्दा धार्मिक अभियन्ताहरुलाई जबरजस्ती पक्राउ गरेर हिरासतमा राखिएकोमा विरोध जनाएको छ । 

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लगायतका धार्मिक अभियन्ताहरुलाई राजनीतिक प्रतिशोध साँधेर सरकारले जबरजस्ती पक्राउ गरेको समितिको आरोप छ । 
पक्राउ परेकाहरुलाई आगामी ४८ घण्टाभित्र रिहा नगरिए देशव्यापी रुपमा आन्दोलन गर्ने समितिका अध्यक्ष सागर थापाले चेतावनी दिए । 

समितिका महासचिव रोशनजंग बस्नेत र विश्व हिन्दू महासंघ नेपालका उपत्यका संयोजक दिनेश कुमार सिजापतिको संयुक्त नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘पक्राउ गरिएका शिव सेना नेपालका अध्यक्ष बस्नेतलगायत समस्त हिन्दु धार्मिक अभियान्ताहरुलाई ४८ घण्टाभित्र रिहाइ नगरिए सरकारबिरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप