शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका जिल्ला इन्चार्ज समातिए

शनिबार, ०३ असार २०७४, २२ : १६
शनिबार, ०३ असार २०७४

राजन राई

भोजपुर– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी भोजपुरका इन्चार्जलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय निर्वाचन खारेज गर्ने भन्दै विभिन्न ठाउँमा चुनाव विरोधी गतिविधि गर्दे आइरहेको नेपाल कम्यूनिष्ठ पार्टीका भोजपुर जिल्ला इन्चार्ज ज्ञानुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी टेम्के मैयु गाउँपालिकाको वडा नं ५ खावाबाट शनिवार दिउँसो ३ बजे नियन्त्रणमा लिएको जनाएको छ ।

स्थानीय निर्वाचनलाई शान्तिपुर्ण ढंगबाट सम्पन्न गराउनका लागि निर्वाचन विरोधी गतिविधि गर्ने पार्टी वा संगठनका कार्यकर्तालाई निर्वाचन सम्पन्न नभइन्जेल नियन्त्रण गर्ने गृह मन्त्रलयको निर्देशन रहेको जिल्लास्थित प्रहरीको भनाइ छ ।

गृहको निर्देशन वमोजिम कम्यूनिष्ठ पार्टीका जिल्ला इन्चार्ज ज्ञानुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रमुख प्रहरी नायव निरिक्षक काजीकुमार आचार्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप