नेपाल वायुसेवा निगमका कर्मचारीलाई एभिएसन सेक्युरिटीसम्बन्धी तालिम
काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि एभिएसन सेक्युरिटी सम्बन्धी तालिम दिइएको छ । सो सम्बन्धी दुई दिने तालिम वैशाख १९ र २० मा सम्पन्न भएको हो । उक्त तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।
तालिमको प्रशिक्षकमा आईसीएओ सर्टिफाइड प्रशिक्षक भरतराज ढकाल रहेका थिए । उक्त तालिम कार्य प्रकृतिको आधारमा निगमका अन्य तहका कर्मचारीहरुलाई समेत दिइँदै आएको छ । निगमले सञ्चालन गरेको उक्त दुई दिने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको निगमले जनाएको छ ।
उक्त कार्यक्रममा निगमको कर्पोरेट ब्रिफिङ समेत भएको र सो अवसरमा बोल्दै मन्त्री तामाङले निगमले राखेका चुनौती र समस्याहरुलाई आफुले गम्भीरतापूर्वक लिएको बताए । उनले निगमले अगाडि बढाएका हरेक सकारात्मक कार्यमा आफ्नो साथ र सहयोग रहनेमा जोड दिए ।
उक्त अवसरमा निगमले गरेका कार्यहरु र भावी योजनाबारे प्रकाश पार्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रस्तुत कार्यहरु सफल पार्न तालुक मन्त्रालय तथा नेपाल सरकारको साथ सहयोग र अभिभावकत्व आवश्यकता पर्ने भएकोले निगमले सोही अनुरुपको सहयोगको अपेक्षा गरेको र त्यस किसिमको समन्वय तथा सहयोग सधैं प्राप्त हुने विश्वास व्यक्त गरे ।
तालिममा सहभागीहरुलाई मन्त्री तामाङबाट प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण