‘मनसरा’लाई पूर्वी नेपालमा दर्शकको साथ
काठमाडौँ । आज शुक्रबारदेखि रिलिज भएको फिल्म ‘मनसरा’ले पूर्वी नेपालमा पहिलो दिन उत्कृष्ट व्यापार गरेको छ । विराटनगर, इटहरी, बिर्तामोड र दमकस्थित हलमा फिल्मले दर्शकको साथ पाएको हो ।
बिहीबार विराटनगर प्रिमियरमा पुगेको फिल्मको टोलीले शुक्रबार ती स्थानका हलमा पुगेर दर्शक भेटघाट समेत गरेको छ । शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौँ फर्कने कार्यक्रम रहेको निर्माण युनिटले जनाएकाे छ ।
शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक खचाखच थिए । धरानको हलमा कलाकारलाई देखेपछि सेल्फी खिच्ने दर्शकको भीड उर्लियो ।
फिल्म उत्कृष्ट बनेको भन्दै दर्शकले मनसरा टिमको प्रशंसा गरेका थिए ।
उपेन्द्र सुब्बा निर्देशित फिल्ममा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मको निर्माता तथा छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।
विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकको रूपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण