शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपा बागमतीको संसदीय दलको उपनेतामा तामाङ

शुक्रबार, २१ वैशाख २०८१, २० : ०४
शुक्रबार, २१ वैशाख २०८१

काठमाडौँ । राप्रपा बागमती प्रदेशले संसदीय दललाई पूर्णता दिएको छ । शुक्रबार राप्रपा संसदीय दलको रिक्त ३ पदमा सांसदहरू नियुक्त गरेर पूर्णता दिइएको हो ।

संसदीय दलका नेता उद्धव थापाका अनुसार संसदीय दलको उपनेतामा गिरबहादुर तामाङलाई नियुक्ति गरिएको छ । दलको प्रमुख सचेतकमा कुमारी तामाङ नियुक्त भएकी छिन् भने सचेतकमा मनिका श्रेष्ठलाई नियुक्ति गरिएको छ ।

उपनेता तामाङ चितवन–३ (ख)बाट निर्वाचित सांसद हुन् भने प्रमुख सचेतक तामाङ (सिन्धुपाल्चोक) र सचेतक श्रेष्ठ (दोलखा) समानुपातिक कोटाबाट सांसद बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप