शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उदाउँदो सूर्यलाई अर्घ दिएर रौतहटमा छठ पर्व सम्पन्न

आइतबार, १७ कात्तिक २०७६, ११ : १६
आइतबार, १७ कात्तिक २०७६

सूर्य उपासना तथा लोकआस्थाको पर्व छठ उदाँउदो सूर्यलाई अर्घ दिएर श्रद्धा पूर्वक रौतहटमा पनि सम्पन्न भएको छ ।

गत बिहिवार देखी सुरु भएको छठ पर्वको अन्तिम दिन आज उदाउदो सूर्र्यलाई ब्रतालुहरुले अर्घ दिएसंगै आस्थाको पर्व सम्पन्न भएको हो ।

उदाँउदो सूर्यलाई अर्घ न दिएसम्म कतिपय भाकल गरेका महिला तथा पुरुष ब्रतालुहरु छठीघाटमा रहेका जलासयको पानीमै उभेर छठीमाताको प्रार्थना गर्दै सूर्य दर्शन गरेका थिए ।

सूर्र्यलाई अर्घ दिएलगतै छठघाट बाटै प्रसाद बितरण गरीन्छ भने ब्रतालु महिलाहरुले घरका छोरी बुहारी तथा आफु भन्दा कान्छा उमेरका महिला लाई आशिर्वाद स्वरुप लामो सिन्दुुर लगाउने चलने रहेको छ ।

जिल्लाको पश्चिमीभेग कटहरिया,फतुआ बिजयपुर, मौलापुर, देवाहीगोनाही, लगायत लालबकैया नदीको वारी पारी रहेका गाँउका मानिसहरु नदी किनारमा निर्माण गरेको मण्डप, निर्माणगरी छठपर्व मनाएका छन् ।

त्यसैगरी पुर्वीभेगका बागमती नदीको किनारमा र जिल्लाको अन्यभाग गौर, गरुडा, शिवनगर,चन्द्रपुर लगायतका स्थानका ब्रतालुहरु चाँदीनदी, तहारी, भकुआ, बरहवा ताल,लगायत पोखरी तथा जलायस किनारमा मंडप निर्माण गरेर छठपर्व मनाएका छन् ।

छठपर्वको अवसरमा घर बाहिर जागिर,ब्यापार तथा अन्य काम बिषेशमा रहेका हरु आ–आफना घर आएर सपरिवार हर्षोउलासका साथ पर्व मनाएका छन् ।

बिगतमा मद्धेसी तथा हिन्दु समुदायले मात्र गर्दै आएको लोकपर्व छठ यस पटक पाहाडे मुलका महिलाका साथै मुश्लिम महिलाले पनि श्रद्धाभक्ती र बिधि पुर्वक मनाएका छन् ।

पाहाडे बाहुल्य रहेको चन्द्रनिगाहपुरमा मधेसी महिलाको हाराहारीमा पाहाडे महिलाले छठपर्वको ब्रत गरेको स्थानिय पत्रकार अशोक पाहाडीले जानकारी दिएका छन् ।

त्यसैगरी सदरमुकाम गौर,कटहरिया,समनपुर लगायतका ठाँउमा रहेका पाहाडे समुदायका महिला पुरुष उलासका साथ छठपर्वमा सहभागिता जनाएका छन् ।

छठपर्व गर्नाले सुस्वाश्थ,दिर्घायु,सन्तान सुखको प्राप्ती,दरिद्रता नास,आफन्तको भलो हुनु,चिताएको फल प्राप्ती हुनुका साथै चर्मरोगमा बिषेश प्रशिद्धी , कुष्टरोग समेत निको हुने जनसबश्वास रहीआएको छ ।

छठपर्वको अवसरमा बिभिन्न दलका नेता तथा जनप्रतिनिधीहरु घाट घाटमा घुमेर छठीमाताको दर्शन,ब्रतालु संग आशिर्वाद लिएर शुभकामना आदान प्रदान गरेका छन् ।

छठपर्वमा सुरक्षाको ब्यवस्था
यस पटकको छठपर्वको अवसरमा  जिल्लामा कतै कुनै प्रकारको अप्रिय घटना न भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।

जिल्लाको १८ वटा स्थानीय तहमा कुल दुई सय ८० स्थानमा छठ पर्व मनाउन मण्डप निर्माण गरिएको थियो । मण्डप र ब्रतालुुको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै मोबाईल टोली ,सादा पोसाकका टोली परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नपवक कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप