सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा

शुक्रबार, १४ वैशाख २०८१, १२ : ३९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो ।

प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ ।

सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीका संगीत र मदनकश्यप घिमिरेको छायाङ्कन छ ।

प्रज्ञाले यसअघि ठुलो पर्दामा ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायतका फिल्म निर्माण गरेकी छन् । थुप्रै फिल्म तथा टेलिफिल्म अभिनय गरेकी प्रज्ञाले केही अगाडि सिरियल ‘सिन्दूर’ पनि निर्माण गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप