केन्द्रीय संस्करण

प्रदेशलाई बलियो नबनाए संघीयता रहँदैन : मुख्यमन्त्री पोखरेल

person explore access_timeमंसिर १, २०७६ chat_bubble_outline0

 बुटवल । प्रदेश ५ का  मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश बलियो नभए संघीयता नै नरहने दाबी गरेका छन् । आइतबारदेखि लुम्बिनीमा सुुरु भएको ‘बुद्ध जन्मस्थलमा लुम्बिनी न्युज फेस्टिवल २०७६’को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलल भने, ‘प्रदेशको ढांचा र अधिकार विनाको संघीयता नै होइन ।’

संघीयताको बिषयमा मुलुकमा अझै पनि गलत सन्देश दिने कोशिस भैरहेको भन्दै सकारात्मक बिचारका साथमा अघि बढ्न उनको आग्रह छ । यस्तै उनले लुम्बिनी विश्वभरका मानिसहरुको लागि शान्तिको साझा थलो समेत भएको बताए । ‘ज्ञानकै कारण बुद्ध बुद्ध बन्नु भएको हो । बुद्धको जन्मस्थली नै बुद्धिज्मको मूल आधार हो,’ उनले भने ।


नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले समाचारका केन्द्र स्थानीय तह भएको बताए । प्रेस क्लवको आयोजनामा लुम्बिनीमा न्युज फेष्टिवल सुरु भएको हो । देशभरका पत्रकारहरुको सहभागिता रहेको न्युज फेष्टिवल पहिलो पटक आयोजना गरिएको हो । कार्यक्रममा लुम्विनी प्रेस क्लवका सल्लाहकार तथा कार्यक्रम संयोजक दिपेन्द्र वडुवालले पत्रकारिताको यसले पुलको काम गर्न बताए । 

 उनले बुद्ध सक्रिट र प्रदेश सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष र नेपाल पर्यटन भ्रमण वर्षलाई समेत सघाउ गर्ने अभियानको रुपमा न्युज फेष्टीवल आयोजना गरिएको बताए  ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...